श्रीमानको हत्या गर्ने श्रीमती सहित दुई जना पक्राउ

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०१:५५

धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनको हत्याको आशंकामा प्रहरीले  श्रीमती अमृता चौधरी र  सोही ठाँउ बस्ने बर्ष २९ का बिष्णु चौधरीलाई पक्राउ गरेको जनाएको छ । आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

असोज २९ गते राती मृतक रमेश चौधरीले आफ्नै घर नजिक निज दुवै जनालाई परालको थुप्रोमा आपत्तीजनक अवस्थामा फेला पारेका समेत बुझिएको छ ।

बिष्णु चौधरी र अमृता चौधरी बिचको सम्बन्धको बारेमा मृतक रमेश चौधरीलाई पुर्व जानकारी समेत रहेको र उक्त राती समेत निजहरुलाई आपत्तीजनक अवस्थमा भेटे पश्चात मृतक रमेश चौधरी आवेशमा आई बिष्णु चौधरीलाई कुटपिट गर्दा बिष्णु चौधरीले प्रतिकार गरेको, सोही क्रममा मृतकको श्रीमती अमृता चौधरी र बिष्णु चौधरी मिली मृतक रमेश चौधरीलाई परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिची कर्तव्य गरी मारेको अनुशन्धानमा खुल्न आएको एसपी अधिकारीले बताए ।

बिष्णु चौधरी र अमृता चौधरीको नाममा मृतकका आफन्तले आइतबार नै प्रहर कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा दुवै जना बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका रमेश बिहान मृत अवस्थामा फेला परेका थिए । अमृता चौधरी र बिष्णु चौधरी विगत केही बर्ष देखि प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ ।     

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु