कर्णाली प्रदेशमा नयाँ सरकार बन्ने

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०२:३४

कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो ।

त्यसका लागि कात्तिक दोस्रो साता वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् । कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थिया े।

एमाले र माओवादीबीच भएको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी नेकपाले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एमालेका चार जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरु चारै जनालाई एमालेले कारबाही गरेपछि उनीहरुको सांसद पद गुमिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु