भारतमा वर्षा र बाढी बाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ १०:४०

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । बाढीमा परेर आइतबार बिहान १८ जनाको मृत्यु भएको थियो ।

हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ फेला परेपछि मृतकको संख्या २२ पुगेको हो । केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप धेरै देखिएको अधिकारीहरुले जनाएका छन् ।

कोट्याम जिल्लामा बाढीले बढी क्षति पुर्‍याएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश कोट्यामकै छन् । बाढीका कारण कतिपय स्थानीय सडकहरू अवरुद्ध भएका छन् ।

मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार पनि वर्षा कायमै रहने जनाएका छन् । अधिकारीहरूले आइतबार पनि वर्षा जारी नै रहेको बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु