राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकका लागि आवेदन खुला

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:२२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले परूष टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ। क्यानले सोमबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। 

मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ। रिक्त पदका लागि क्यानको बोर्ड बैठकले दशैंअघि नै दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।  दरखास्त अक्टोबर ३१ सम्म दिन सकिने छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु