हिजो राति गएको पहिरोले सुदूरका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:२६

धनगढी । हिजो राति गएको पहिरोले सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गको भासूँ भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेका छन् । डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु