धनगढीको एक घरबाट नगद र गहना चोरी

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:४८

कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ ।धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो ।

सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले आफूहरु दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला चोरी भएको बताएका छन् ।छिमेकीलाई घरको रेखदेख गरिदिन आग्रह गर्दै दशैं मनाउन गएको बेला मूल ढोकामा लगाएको ताला फुटाउँदै गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन दिइएको उनले जनाए ।

सिंहकाअनुसार तीन तोला बराबरका छड्के तिलहरी दुई वटा, तीन तोला बराबरकै दुई वटा मंगलसुत्र, तीन तोला बराबरकै दुई वटा हार, दुई तोला बराबरको दुई वटा सिक्री, दुई तोला बराबरका दुई वटा मंगलसुत्र, तीन तोला बराबरका ६ वटा औंठी,५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु