सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:५५

धनगढी।  धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ। कैलालीको गोदावरी नगरपालिका–७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा ३ जना बिरामी भर्ना भएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु