नवलपुरमा बस पल्टिँदा ४२ जना घाइते

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ०१:०४

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको  मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबीचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । बस दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु