मलेसियामा एक नेपालीको मृत्यु

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ०२:२६

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु