कैलालीमा नदीले बगाउँदा ट्याक्टर चालक बेपत्ता

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ०५:२१

धनगढी - लगातारको वर्षापछि कैलालीको खुटिया नदीमा आएको बाढीले एक जनालाई बगाएको छ। बाढीले नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेका ट्याक्टर चालक गोदावरी नगरपालिका वडा नम्बर ७ का ३० बर्षिय गणेश आउजीलाई बगाएको हो ।

ट्याक्टर चालक आउजीको खोजी भइरहेको डिएसपी प्रतीक विष्टले जानकारी दिए। उनको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको जनाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु