केरला पहिरो ,नेपालीसहित ४५ जनाको मृत्यु

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०३:२६

नयाँदिल्ली  । भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ ।

पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ । 

केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु