सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको झन्डै डेढलाख रुपैयाँ

छिनोफानो   शुक्रबार १८, साउन २०८१ १२:०४

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु