सुनको भाउ एक सय रुपैयाँले घट्यो

छिनोफानो   सोमबार १०, भदौ २०८१ ०१:१९

काठमाण्डौ – हिजो एकैदिन एक हजार रुपैयाँले बढेको सुन आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ५२ हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु