सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

छिनोफानो   बुधबार २६, भदौ २०८१ १२:२०

काठमाण्डौ – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाकाे एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु