सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिने सम्भावना बढी

छिनोफानो   आइतबार २०, साउन २०८१ ०६:३५

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

राजनीतिक समीकरण फेरिएपछि छोटो अवधिमै उहाँले हट्नुपरेको थियो । त्यही कारण उहाँले चाहेअनुसार काम गर्न पाउनुभएन,’ ती नेताले अनलाइनखबरसँग भने, ‘अहिले उहाँकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको छ । बाँकी निर्णय प्रदेश संसदीय दलको बैठकले गर्छ ।’

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् ।

श्रोत अन्लाईन खबर 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु