सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

छिनोफानो   आइतबार २०, साउन २०८१ ०५:४४

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक नियुक्त भएका छन । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए । 


एमालेका ११ सांसदको समर्थन सहित कांग्रेस संसदीय दलका नेता शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन । संविधानको धारा १६८ को उपधारा २ अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु