धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते

छिनोफानो   सोमबार २१, साउन २०८१ १२:०५

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

आज बिहान धादिङबेंसीबाट काठमाण्डौको लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा पहिरोसँगै रुख ढलेर लागेको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु