सुदूरपश्चिममा तीन राज्यमन्त्री सहित ९ मन्त्रीले खाए सपथ

छिनोफानो   सोमबार २१, साउन २०८१ ०५:०२

धनगढी  : सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सफत ग्रहण गरे सँगै तीन राज्यमन्त्री सहित ९ मन्त्रीले सपथ खाएका छन ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई सपथ खुवाएका हुन । साथै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन । 
नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुर सिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले सपथ खाएका छन । 
त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर सपथ खाएका हुन ।

नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा सपथ खाएका हुन । भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदले सपथ खाएकी छन । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु