लेबनानमा रहेका नेपालीकाे सुरक्षाका लागि निरन्तर पहल भइरहेकाे छ : मन्त्रालय

छिनोफानो   मङ्गलबार २२, साउन २०८१ ०६:३२

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि निरन्तर पहल भइरहेको जनाएको छ ।

इजरायल र लेबनानबीच ठूलो युद्धको सङ्केत देखिएपछि विभिन्न देशले नागरिकको उद्धार गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले पनि आज एक विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको भन्दै कुनै सहयोगको आवश्यकता परेमा इजिप्टको कायरोमा रहेको दूतावासमा सम्पर्क राख्न आग्रह गरेको छ ।

यस्तै दूतावासको वेबसाइटमा रहेको लिङ्कमा विवरण उपलब्ध गराउन पनि मन्त्रालयको आग्रह छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु