रामारोशन कैलाश धार्मिक महोत्सवको आर्थिक आय ब्याए ८ बर्ष सम्म गोप्य, हिनामिना गरेको आरोप

पवन भण्डारी   मङ्गलबार २२, साउन २०८१ ०३:४७

पवन भण्डारी,धनगढी । अछामको रामारोशन गाउँपालिका अस्पताल निर्माण गर्ने भन्दै २०७३ साँलमा रामारोशन कैलाश धार्मिक महोत्सव सञ्चालन गरियो । जिल्लाको बिकट क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार गर्न सहजहोस भन्दै आर्थिक सङ्कलन गर्ने उद्देश्य सहित सो धार्मिक महोत्सवको आयोजना गरिएको थियो । 

अस्पताल सञ्चालन गर्ने उद्देश्य भएका कारण सो धार्मिक महोत्सवमा नागरिकहरूले उत्साहित हुँदै दान गर्न पुगे । कसैले आर्थिक दान गरे त कसैले पैतृक सम्पत्ति सम्म दान गरे । तर रामारोशनबासी जनताको त्यो सपना ,सपनामै सीमित बनेको छ ।  

नागरिक लाई अस्पताल बनाउने झुटा आश्वासन दिएको धार्मिक महोत्सव आयोजक समितिले रामारोशन गाउँपालिकामा ८ बर्ष  सम्म न अस्पताल निर्माण गर्‍यो न हिसाब किताब नै सार्वजनिक गरेको छ । 

धार्मिक महोत्सव आयोजक समितिले ८ बर्ष सम्म पनि सार्वजनिक सुनुवाइ नगर्नु र जुन उद्देश्यले धार्मिक महोत्सव आयोजना गरिएको हो सो उद्देश्य को एक प्रतिशत समेत काम नभए पछि नागरिकहरू आयोजकले सो धार्मिक महोत्सवबाट सङ्कलन भएको रकम हिनामिना गरेको बताउन थालेका छन । 

धार्मिक महोत्सवमा ५१ हजार दान गर्ने रामारोशन निवासी गोविन्द भण्डारीले आफूहरूले आफ्नो क्षेत्रको विकासका लागी भन्दै गरेको दानको ८ बर्ष  सम्म पनि सुनुवाइ नहुनु दुःखद रहेको बताए । उनले भने “हामी यतिका बर्ष सम्म चुप बसेका छौ तर अति भए पछि मैले सामाजिक सञ्जालमा समेत हालको छु । धार्मिक महोत्सव समितिले हाल सम्म सो महोत्सवको सार्वजनिक सुनुवाइ समेत नगरेको बताउँदै उनले भने  किन गरेन अहिले नागरिकले गरेको दानको पैसा कहाँ गयो ? तेस्को हिसाब प्रस्ट हुनु पर्छ भन्ने मेरो चाहाना हो । 

स्थानीय डम्बर बहादुर अयडीले भने ८ बर्ष सम्म धार्मिक महोत्सवको हिसाब किताब नगर्नु नै आयोजक समिती प्रमुख दोषी रहेको बताए । उनले भने मेरो बुवाले पनि सो महोत्सवमा दान गर्नु भएको छ गाउँका सोझा साझा सबै नागरिकले आफ्नो गक्ष अनुसार दान गरेका छन तर हाल सम्म सो पैसा कहाँ के भयो कसैलाई जानकारी छैन उनले भने । ८ बर्ष सम्म पनि सो धार्मिक महोत्सवको आयोजक समिति मौन बस्नु नै शङ्काको कुरा भएको उनले बताए ।  

नाम न बताउने सर्तमा एक स्थानीयले भने ५१ हजार दान गरेको छु । केही आफ्नो ठाउँको विकास होला भन्ने लागेर तर ८ बर्ष सम्म सो धार्मिक महोत्सवको हिसाब किताब पनि भएन काम पनि भएन कस्तो विडम्बना । उनले थपे जनताको पैसाको तुरुन्त हिसाब किताब सार्वजनिक हुनु पर्छ । 

यता रामारोशन कैलाश धार्मिक महोत्सवका संयोजक अनुराधा स्वारले आफूहरूले महोत्सव बाट उठेको पैसा क्याम्पसको बनाउनका लागी धरौटी राखेको बताइन । हामीले अस्पताल खोल्न भनेर रामारोशन कैलाश धार्मिक महोत्सव आयोजना गरेका थियौ पछि स्थानीय सरकारले अस्पताल खोल्ने भने पछि आफूहरूले क्याम्पसका लागी पहल गरेको बताइन । 

महोत्सवबाट नगद ४५ लाख र अन्य गरि करिब १ करोडको कारोबार भएको बताउँदै उनले भनिन् गुरु भेटी साढे १२ लाख व्यवस्थापन खर्ज  साढे १२ लाख र बाकी रहेको २० लाख समितीका ३ जनाको नाममा खातामा थियो अहिले क्याम्पसको धरौटीका लागी दिएका छौ पैसा हिना मिना गरेको आरोप झुटा हो । आफूहरूले सबैलाई आय ब्याए बारे जानकारी गराएको दाबी गर्दै उनले भनिन “हामीले सार्वजनिक सुनुवाइ र पत्रकार सम्मेलन गर्न नसके पनि सबैलाई हिसाब किताब दिएका हौ सबैलाई जानकारी छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु