प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

छिनोफानो   बिहिबार २४, साउन २०८१ १२:२५

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्नु भएको हो । 

गत असारमा मनसुनजन्य विपत्तिले प्रदेशमा गरेको क्षतिको सन्दर्भमा छलफलका लागि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । चालु अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । 

बजेट र त्यससँग सम्बन्धित ऐन पारित नभएपछि चालु आर्थिक वर्षको सुरुवातबाट प्रदेश सरकारले राजस्व सङ्कलन गर्न सकेको छैन । यसैगरी, बजेट शून्यताको कारण खर्चको बाटो पनि बन्द छ । 

दैनिक ४० लाख रुपियाँ राजस्व गुमाइरहेको प्रदेश सरकार राजस्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेको छ । सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ ल्याउने गृहकार्य गरिरहेको छ । त्यसलाई मूर्तरुप दिन अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु