थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा राष्ट्रसङ्घको चिन्ता

छिनोफानो   शुक्रबार २५, साउन २०८१ ११:२४

थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ ।

थाइल्यान्डको संवैधानिक अदालतले देशको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्ने र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने नागरिकको अधिकारलाई गम्भीररूपमा असर गर्ने  राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानव अधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्न नहुने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

थाइल्यान्डको कडा शाही मानहानी कानुनमा सुधार गर्ने बाचा गरेपछि एमएफपीले गएको वर्षको चुनावमा पहिलो स्थान हासिल गरेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु