बाग्लुङ पहिरो : थप दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

छिनोफानो   शुक्रबार २५, साउन २०८१ ११:३०

काठमाण्डौ – गएको मङ्गलवार बिहान बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ ।

योसहित आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकामध्ये ३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु