विश्वकप आयोजनाका लागि सुरक्षा आश्वासन माग गर्दै बङ्गलादेश क्रिकेट बोर्डले सेना प्रमुखलाई पत्र लेख्यो

छिनोफानो   शुक्रबार २५, साउन २०८१ ०३:४०

काठमाण्डाै – बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको आयोजनाका लागि सुरक्षा आश्वासनको माग गर्दै सेना प्रमुखलाई पत्र लेखेको छ ।

बङ्गलादेशमा भएको हिंसक प्रदर्शनपछि बीसीबीले आउँदो महिला टी–२० विश्वकपको आयोजनालाई लिएर सेना प्रमुख वाकर उज जमानलाई पत्र लेखेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकबजले जनाएको छ । बङ्गलादेश क्रिकेट बोर्डले पत्रमार्फत प्रतियोगिताको आयोजनाका लागि सुरक्षा आश्वासनको माग गरेको खबरमा उल्लेख छ । महिला टी–२० विश्वकप अभ्यास खेलका साथ आउँदो सेप्टेम्बर २७ तारिखदेखि शुरू हुने तय भएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बङ्गलादेशको अवस्थालाई नजिकबाट नियालिरहेको र प्रतियोगिताको आयोजनाका विकल्पका रूपमा अन्य देशबारे पनि सोचिरहेको क्रिकबजको खबरमा उल्लेख छ । यो प्रतियोगिता अन्यत्रै सारिएको अवस्थामा बङ्गलादेश जस्तै समान समय क्षेत्रको भारत, यूएई र श्रीलङ्का हुन सक्ने खबरमा उल्लेख छ ।

आईसीसीले बङ्गलादेशको मैदानको अवस्थाको मूल्याङ्कन गरेपछि प्रतियोगिता हुने ठाउँबारे निणर्य लिनुअघि आउँदो अगस्ट १० तारिखम्मको समय लिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु