पेरिस ओलम्पिकमा अमेरिकाले स्वर्ण पदकको सङ्ख्या ३० पुर्‍यायाे

छिनोफानो   शनिबार २६, साउन २०८१ ०५:१८

 

  1.  
  2.  
  3. खेलकुद

पेरिस ओलम्पिकमा अमेरिकाले स्वर्ण पदकको सङ्ख्या ३० पुर्‍यायाे

 

  साउन २५, २०८१ शुक्रबार १८:२८:२९ | उज्यालो सहकर्मी

FacebookTwitterViberEmailPrintFriendlyShare

unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पेरिस ओलम्पिकको पदक तालिकामा ३० वटा स्वणर्सहित अमेरिका शीर्ष स्थानमा यथावत् रहेको छ । पछिल्लो विवरणअनुसार अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्य गरी एक सय तीन वटा पदक जितेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्य गरी ७३ वटा पदक जितेको छ । यसैगरी अस्ट्रेलिया १८ स्वर्ण, १५ रजत र १३ कास्य गरी ४५ पदकसहित तेस्रो स्थानमा छ ।

पदक तालिकामा अहिलेसम्म बेलायत, दक्षिण कोरिया र जापानले समान १३ वटा स्वणर् पदक जितेका छन् । यस्तै नेदरल्यान्ड्सले ११, इटालीले १०, जर्मनीले नौ, क्यानडाले ६, न्युजिल्यान्डले पाँच, हङ्गेरी र आयरल्यान्डले समान चार तथा रोमानिया, युक्रेन, स्विडेन र उज्वेकिस्तानले समान तीन वटा स्वर्ण पदक जितेका छन् ।

यसैगरी ब्राजिल, स्पेन, इरान, क्रोएशिया, क्युबा, अजरबैजान, बेल्यिम, हङकङ, फिलिपिन्स, इन्डोनेसिया र सर्बियाले समान दुई तथा २९ वटा देशले समान एउटा स्वर्ण पदक जितेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु