उच्च अदालतको मुख्य न्यायाधीश सहित, ३५ जिल्लामा न्यायाधीश सिफारिस

छिनोफानो   शनिबार २६, साउन २०८१ ०७:००

काठमाण्डौ – न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ । उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो । सिफारिसअनुसार प्रधानन्यायाधीशले उहाँको नियुक्ती गर्नुहुनेछ ।

न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस पनि गरेको छ । न्याय परिषद्को हिजो बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

उच्च अदालत र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् । उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेकोमा परिषदले जिल्ला अदालतबाट नियुक्ति प्रक्रिया शुरु गरेको हो । यस्तै न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा पनि गरेको छ । यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु