व्यासासनबाट कृष्ण दमाईंको सन्देश

छिनोफानो   शनिबार २६, साउन २०८१ ०७:५२

पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तरमध्यमा र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ । 

उहाँले प्रवचन दिने क्रमको सुरुवातमा संस्कृत साहित्यलगायत अन्य कर्ममा समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्नुभएको थियो । उहाँले गुरु ईश्वरदत्त भट्टलाई सधैँ सम्झिरहने र गुरुले  शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाएको सम्झनुभएको थियो । उहाँले भन्नुभयो, “कतिपय मानिसले यो दमाईंको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि, जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ ।”

व्यासबाट कृष्णले भन्नुभयो, “यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन । हामीमा धार्मिक रूपले विध्वंस मच्चाई एकअर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ । अब हामी हिन्दुत्वका लागि, सनातनका लागि एकबद्ध रहनु पर्छ ।”  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु