मल कारखाना स्थापनामा चीनले सघाउने

छिनोफानो   शनिबार २६, साउन २०८१ ०३:१८

काडमाण्डाै – नेपालमा रासायनिक मल कारखाना स्थापनामा गर्न चीन सरकारले सघाउने भएको छ । आउँदो एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभयो । सम्पादकसँगको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थाल्ने बताउनुभयाे । 

नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने आफुहरुको लक्ष्य रहेको उहाँको भनाइ छ । नेपालमा मल कारखाना खोल्ने विषयमा झन्डै ३८ वर्षदेखि पटक–पटक अध्ययन भए पनि अहिलेसम्म के गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

सन् १९८४ मा जाईकाको अध्ययन प्रतिवेदनले नेपालमा हावाबाट नाइट्रोजन ग्यास निकालेर मल कारखाना स्थापना गर्न सकिने सुझाएको थियो । त्यसयता सरकारले रासायनिक मल कारखाना खोल्न सात पटक अध्ययन गरिसकेको छ ।

सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाको घोषणा गरेको थियो । सरकारले सम्भाव्यता अध्ययनको जिम्मा लगानी बोर्डलाई दिएको छ । लगानी बोर्डले सम्भाव्यता अध्ययनको काम गरिरहे पनि अहिलेसम्म टुङ्गो भने लागेको छैन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु