एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न भुटानको पारो फुटबल क्लब काठमाण्डौमा

छिनोफानो   शनिबार २६, साउन २०८१ ०३:३१

काठमाण्डौ – भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पारो एफसी यो पटक प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ ।

होन्डाले तीन पटक विश्व कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ । होन्डा मात्र होइन यो पटक पारोले १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।

गएको वर्ष पनि पारो एएफसी कप छनौट खेल्न नेपाल आएको थियो । गएको वर्ष मच्छिन्द्र क्लबसँग पराजित भएको पारेले यस वर्ष चर्च ब्वाइज युनाइटेड क्लबसँग आउँदो मंगलवार दशरथ रङ्गशालामा खेल्दैछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु