थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

छिनोफानो   आइतबार ०२, भदौ २०८१ ०७:५८

थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिनुभएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ ।

थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्कनसाथ उहाँलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको थियो । अहिले राजाले सिनावात्राको आचारणमा सुधार भएको भन्दै आममाफी दिनुभएको हो ।

सिनावात्रालाई आममाफी दिनु एक दिन अघि मात्रै थाई संसदले थाक्सिनकी ३७ वर्षीया छोरी पेतोङतार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । थाइल्याण्डको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पेतोङतार्न प्रधानमन्त्री बन्नुभएको हो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु