गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

छिनोफानो   आइतबार ०२, भदौ २०८१ ०९:४२

काठमाण्डौ – आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण गए रातिदेखि नै पानी परिरहेको र दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा अति ठूलो पानीसमेत पर्ने अनुमान रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज देशका सबैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रहेर धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना छ । महाशाखाले अबको तीन दिनसम्म गण्डकी प्रदेशसहित पश्चिमका सबैजसो ठाउँमा पानी पर्ने अनुमान गरेको छ ।

मनसुन सक्रिय भएदेखि नै लगातारजसो पानी परिरहेकोले अब पर्ने सामान्य पानीमा पनि बाढी, पहिरोलगायतका प्रकोपका घटना हुन सक्ने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु