चर्चित निर्देशक आकाश बोहराको निर्देशनमा लागु औषध समन्धी चेतना मूलक चलचित्र ज्योति (भाग ३) छायाङ्कन हुँदै

छिनोफानो   आइतबार ०२, भदौ २०८१ ०२:०२

धनगढी । लागु औषध नियन्त्रण समन्धी चेतना मूलक चलचित्र ज्योति भाग ३ छायाङ्कन हुने भएको छ । विगत लामो समय देखि चेतना मूलक चलचित्र निर्माण गर्दै आएका निर्देशक आकाश बोहोराले सो चलचित्र निर्माण गर्न लागेका हुन । 

पछिल्लो समय लागु औषध सेवन कर्ताहरूको अवस्था भयावह भइरहँदा समाजमा चेतनामा फैलाउने उद्देश्य सहित सो चलचित्र निर्माण गर्न लागिएको निर्देशक बोहोराले बताए । न्यु विश्वास फिल्म तथा भिडियो ग्राफ सेन्टर कञ्चनपुरले यही भाद्र ५ गते बाट सो चलचित्र छायाङ्कनको काम  सुरु गर्ने बताउँदै निर्देशक बोहोराले भने  कलाकारहरू समेत छनौट भई सकेका छन् । 

चलचित्र अछाम र कैलालीका विभिन्न स्थानमा छायाङ्कन हुने बताउँदै निर्देशक बोहोराले भने आसा गरेको छु भाग १ र २ जस्तै भाग ३ पनि दर्शकले मन पराउनु हुने छ । 

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा लागु औषध प्रयागकर्ताको सङ्ख्या बढ्दै गइरहेको र यो अवस्थाले निकै समस्या उत्पन्न गर्ने हुँदा यो चलचित्रबाट केही सम्म नागरिकमा चेतना वृद्धि हुने निर्देशक बोहराको भनाई छ ।  विगत लामो समय देखि निर्देशन गर्दै आएका बोहोराले यस अधि पनि थुप्रै डकुमेन्ट्री,टेलिफिलिमहरु निर्देशन गर्दै आउनु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु