जनैपूर्णिमा खाने क्वाँटी स्वास्थ्यको लागि लाभदायक

छिनोफानो   सोमबार ०३, भदौ २०८१ ०७:३१

काठमाण्डौ – आज जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीमा राजमा, बोडी, चना, भटमास, मुङ, मास, बकुल्ला, केराउ, सेतो सिमी लगायतका गेडागुडी मिसाइएको हुन्छ ।

विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

शरीरलाई बलियो बनाउन, रुघाखोकी जस्ता स्वास्थ्य समस्याबाट बचाउन र शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने चलन चलिआएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु