२० वर्ष मुनीको काभा भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिए

छिनोफानो   सोमबार ०३, भदौ २०८१ ०७:३७

काठमाण्डौ – असोज १७ देखि २३ गतेसम्म श्रीलङ्कामा काभा २० वर्ष मुनीको पुरुष भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिएका छन् । नेपाल भलिबल सङ्घले आउँदो आठ गतेदेखि प्रशिक्षण शुरु गर्ने जानकारी गराउँदै १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

च्याम्पियनशिप श्रीलङ्काको कोलम्बोमा हुनेछ । केही हप्ताअघि काठमाण्डौमा भएको १९ वर्ष मुनीको भलिबल च्याम्पियनशिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु