दु:खद खबर : बझाङ पहिरोमा बेपत्ता चार जनाको शव फेला

छिनोफानो   सोमबार ०३, भदौ २०८१ ०९:१५

बझाङ । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव निकालिएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले पहिराले पुरिएका बुङ्गल नगरपालिका(१० को टुमेडाका चारै जनाको शव निकालिएको जानकारी दिए ।

उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र  ३ वर्षीया लक्ष्मी धामी रहेका छन् ।उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको टोलीले निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुङ्गलतर्फ हिडिसकेको छ ।प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो ।

पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी रहेका छन् ।

घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु