धनगढीमा बाल याैन दुरुपयोग गर्ने सुखदेव पक्राउ

छिनोफानो   मङ्गलबार ०४, भदौ २०८१ १०:१५

धनगढी । धनगढीमा बाल याैन दुरुपयोग गरेकाे आराेपमा एक जनालाई पक्राउ गरिएकाे छ । १२ वर्षीया बालिकामाथि बाल याैन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने ५८ वर्ष सुखदेव रानालाई पक्राउ  गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि  २८ साउनमा आफ्नाे  राइस मिलमा गएकाे माैकामा बालिकाको संवेदनशील अंगमा छाेएर दुर्ववहार गरेकाे बताए ।

उक्त व्यहाेराकाे उजुरीपछि रानालाई पक्राउ गरिएको कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु