गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष कार्की ज्यान गयो

छिनोफानो   मङ्गलबार ०४, भदौ २०८१ १०:२८

काठमाण्डौ – गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा ज्यान गएको छ ।

हिजो सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना हुँदा उपाध्यक्ष कार्की घाइते हुनुभएको थियो ।

उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गएराति दुई बजेतिर ज्यान गएको खबर प्राप्त भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।

२०७९ मा भएको पालिका चुनावमा कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु