धनगढीमा किशोरीमाथि बाल यौन दुरुपयोग गर्ने शिक्षक पक्राउ

छिनोफानो   बुधबार ०५, भदौ २०८१ ०८:१८

धनगढी । धनगढीका एक जना शिक्षक बाल यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका–७ घर भई  धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन् । 

तिमिल्सेनाले ३० साउनमा धनगढी उपमहानगरपालिका–१ को पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफु पढाउने विद्यालयकी १७ वर्षीया छात्रालाई बोलाएर बाल यौन दुरुपयोग गरेको आरोप छ ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु