तीन दिनसम्म पानी पर्ने सम्भावना

छिनोफानो   बिहिबार ०६, भदौ २०८१ ०९:३६

काठमाण्डौ – आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । गएराति र बिहान बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला,सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोकको नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट क्षेत्रमा ठूलो पानी परेको छ ।

यसैबीच वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलालीको कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ ।  बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु