बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी

छिनोफानो   सोमबार १०, भदौ २०८१ ०६:४१

काठमाण्डौ – बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी भएको छ ।

हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेका छन् । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु