माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र कांग्रेसकी नेत्रृ एवम् परराष्ट्र मन्त्री डाक्टर राणा देउवा एउटै फ्लाइटमा धनगढी पुगे

पवन भण्डारी   बुधबार १२, भदौ २०८१ १२:०९

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेत्री एवम् परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा एउटै फ्लाइटमा धनगढी पुगेका छन । छुट्टाछुटै कार्याक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड तथा परराष्ट्र मन्त्री राणा देउवा धनगढी पुगेका हुन ।

 माओवादी अध्यक्ष प्रचण्ड माओवादीको प्रदेश स्तरीय कार्यक्रमका लागि धनगढी पुगेका हुन भने आरजु गौरादेवीको पूजा बिसर्जन गर्न धनगढी पुगेकी हुन । प्रचण्ड र आरजु देउवा एउटै फ्लाइटबाट धनगढी पुगेपछि धनगढी बिमानस्थलमा पत्रकारले ‘सँगै आउनुभयो केही राजनीतिक गफ भयो कि?’भनेर गरेको प्रश्नको जवाफमा प्रचण्डले तेस्तो कुनै कुरा नभएको हेलो हाई मात्र भएको प्रतिक्रिया दिए ।

अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्री राणा देउवा धनगढी पुगेपछि धनगढीको सुरक्षा ब्यावस्था कडा पारीएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु