सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

छिनोफानो   बुधबार १२, भदौ २०८१ ०७:१०

काठमाण्डाै – इलामको इलाम नगरपालिका वडा नम्बर ११ मा रहेको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

२०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको ३० लाख ७८ हजार रुपैयाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी खर्च गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु