दैलेखमा चट्याङ लागेर एक जना बालकको ज्यान गयो

छिनोफानो   बिहिबार १३, भदौ २०८१ ०६:४२

दैलेख – दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना  घाइते भएका छन् ।

माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिनुभयो ।

हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको कमलाका श्रीमान नबिन बिष्टले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु