पूर्वी नाकाबाट ३२ करोड रुपैयाँकाे सिमेन्ट निर्यात

छिनोफानो   बिहिबार १३, भदौ २०८१ ०६:४४

झापा – पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्षमा ३२ करोड रुपैयाँभन्दा धेरै मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गएको आर्थिक वर्षमा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो ।

देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि काँकडभिट्टाबाट भने पहिलो पटक निर्यात भएको उहाँले जानकारी दिनुभयो । निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन् ।

जिल्लामा रहेका आठ वटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु