सशस्त्रका चार डीआईजीको सरूवा

छिनोफानो   बिहिबार १३, भदौ २०८१ ०६:४८

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

 

 

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार ४ जना डीआईजीको सरूवा गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

जसअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा कार्यरत डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाइएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।

यस्तै सशस्त्रका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको मुख्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु