चौथो वरीयताका एकनारायण अर्याल मुख्यसचिव नियुक्त

छिनोफानो   शुक्रबार १४, भदौ २०८१ ०७:२३

काठमाडौँ : सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो।

मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो। 

सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए। दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु