सरकारलाई खबरदारी गर्न १०० दिन कुर्नु पर्दैन : प्रचण्ड

छिनोफानो   शुक्रबार १४, भदौ २०८१ १२:११

सुर्खेत : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत तथा भ्रष्टाचारीलाई जोगाउने काम जारी राखे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने बताए। प्रदेश मरामर्श समितिको बैठकमा भाग सुर्खेत आएका ‘प्रचण्ड’ले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले सबै खालका जटिलादेखि सरकार निर्माण कसरी भयो भन्ने कुरासमेत आफूहरुले राम्रोसँग बुझेको बताए। संसारमा पहिलो दल र दोस्रो दल मिलेको इतिहास नभएको भन्दै गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए।

केही दिनअघि सदनमा बोलेको कुरा उत्तेजना र आवेगमा नभई सबैलाई सरकारका गलत कामको भण्डारफोर गरिएको उनले बताए। गलत कामको विरोध गर्नका लागि १०० दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट पारे।

पत्रकारले सोधेको हिंसा भन्ने एमालेका साथीहरुले नबोलेको भए हुने भन्दै उनले कुनै समयमा सबैभन्दा राम्रो काम भन्ने उहाँहरू नै भएको बताए। विस्तृत शान्ति सम्झौताको कुरादेखि अन्य थुपै कुराहरू संविधानमै उल्लेख भएकाले यस्ता खालका शब्द प्रयोग नगर्नसमेत उनले सचेत गराए।

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनले बताए। माओवादीको महत्व र भूमिकालाई मिनिमाइज नगर्नसमेत आग्रह गरे। माओवादी फुट्छ भन्ने हल्ला माओवादीको बैठकबाट खारेज भइसकेको उनको थप भनाइ छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु