कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

छिनोफानो   शनिबार १५, भदौ २०८१ ०८:५७

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । कोशी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । आज दिउँसो कोशी गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् गोबिन्द झाले जानकारी दिनु भयो । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झोले बताउनु भयो ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु