करिब ५ केजी लागु औषध चरेस सहित बझाङका धामी पक्राउ

पवन भण्डारी   शनिबार १५, भदौ २०८१ ०३:११

धनगढी । लागु औषध चरेस सहित धनगढीमा एक जना पक्राउ परेका छन । वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले बझाङको केदास्यु गाउँपालिका ७ बस्ने जनक धामीलाई क्याम्पस चोक बाट पक्राउ गरेको हो ।

सडकमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा धामीलाई चेकजाँच गर्दा उनको साथबाट करिब ५ केजी लागु औषध चरेस भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

साथै उनको साथबाट नगद ७५ हजार समेत प्रहरीले बरामद गरेको छ ।  यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु