गुल्मीकाे बडिगाड खोलाले बगाउँदा १६ वर्षीय युवा बेपत्ता

छिनोफानो   आइतबार १६, भदौ २०८१ १२:१७

गुल्मीको चन्द्रकोट गाउँपालिका- ८ मजुवाका १६ वर्षीय असिम कुमाल माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । आइतबार बिहान स्थानीय बडिगाड खोलामा जालले माछा मार्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकर पोख्रेलले बताए ।

बेपत्ता भएका कुमालकाे खाेजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी  र स्थानीय लागिपरेकाे पोख्रेलले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु